![मृत्यु](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/21312Death_Mrityu-1.jpg?fit=946%2C468&ssl=1)
इलाम । इलाम देउमाई नगरपालिका– २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ ।यही साउन ७ गते ३४ वर्षीय गिर्जमान मुखियाले घरयासी विवादका कारण बुबालाई कुटपिट गरी घाइते बनाएका थिए । घाइतेको बिर्तासिटी अस्पाल विर्तामोडबाट उपचार हुन नसकी घरतर्फ फिर्ता ल्याउने क्रममा आइतबार राति मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयले कुटपिट गर्ने गिर्जमानलाई पक्राउ गरी अनुसन्धान तथा कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।