११ मंसिर २०८१, मंगलबार

समालोचक माली रहेनन्


मृत्यु

काठमाडौँ, २३ वैशाख । कवि तथा समालोचक इन्द्र मालीको आज बिहान शहीद गंगालाल हृदय रोग प्रतिष्ठानमा निधन भयो । लामो समयदेखि मुटु रोगबाट पीडित उहाँ ७९ वर्षको हुुनुहु्न्थ्यो ।

नेपाल भाषा एकेडेमीका संस्थापक सदस्य उहाँ सोही संस्थाका सदस्य सचिव पनि हुनुभएको थियो । उहाँ नेपाल भाषाका कोशकार तथा दोलखा भाषाका अध्येता हुनुुहुन्थ्यो ।

नेपाली भाषामा पनि कलम चलाउनुहुने उहाँका नेपाल भाषा र कवितासम्बन्धी थुप्रै कृति प्रकाशित छन् । नेपाल भाषामा हाइकू विधा भित्र्याउने श्रेय पनि उहाँलाई दिइन्छ । उहाँका श्रीमती, एक छोरा र दुई छोरी छन् । उहाँको आजै अन्त्येष्टि गरिँदैछ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !