१२ मंसिर २०८१, बुधबार

भगत सर्वजित प्रतिष्ठानका अध्यक्ष ओमबहादुर विकको कोरोना संक्रमणवाट मृत्यु


मृत्यु

गलकोट । दलित आन्दोलनका अगुवा बागलुङका ओमबहादुर विकको कोरोना संक्रमणको कारण निधन भएको छ । कोरोना सङ्क्रमणपश्चात काठमाडौँको एक अस्पतालमा उपचाररत विकको आज निधन भएको हो । विक विगत लामो समयदेखि दलित आन्दोलनको अगुवाइ गर्दै आएका थिए ।

दलित मुक्तिका लागि लड्दै आउनुभएका भगत सर्वजित विक प्रतिष्ठानका अध्यक्ष समेत रहेका विकको निधनले दलित आन्दोलनमा अपूरणीय क्षति पुगेको प्रतिष्ठानका सचिव ताराबहादुर विकले बताए । विसं २०११ मा बागलुङ नगरपालिका–७ कालीमाटीमा उनको जन्म भएको थियो ।

विकले उत्पीडित दलित समुदायको सञ्जाल नगर तथा जिल्ला समितिको नेतृत्व समेत गरेका थिए । सुन, चाँदी व्यवसाय गर्दै आएका विक नेपाल सुन चाँदी व्यवसाय बागलुङको पूर्वध्यक्ष थिए । विक सक्रिय राजनीतिमा समेत सहभागी हुँदै आएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !