६ बैशाख २०८१, बिहिबार

दाङमा भरुवा बन्दुक पड्किँदा मृत्यु


दाङमा भरुवा बन्दुक पड्किँदा मृत्यु

देउखुरी । दाङमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा आज एक जनाको मृत्यु भएको छ । गढवा गाउँपलिका–२ तिरतिरे डाँडास्थित जङ्गलमा सिकार खेल्नेक्रममा सोही ठाउँ निवासी २८ वर्षीय सूर्यबहादुर रानाले बोकेको भरुवा बन्दुक पड्किँदा उहाँका दाई ४० वर्षीय इन्द्रबहादुर रानाको घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी गोबरडियाबाट खटिएको प्रहरीटोलीले सूर्यबहादुरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !