१ मंसिर २०८१, शनिबार

भेरी अस्पतालमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमित पुरुषको मृत्यु


भेरी अस्पताल

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पताल उपचाररत १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका-५ का ७४ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा सोमबार बिहान साढे ६ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

मधुमेह र उच्च रक्तचाप सम्बन्धित बिरामी भएका ती पुरुषलाई कात्तिक २१ गते स्वास्थ्यमा समस्या आएर महाकाली अस्पताल महेन्द्रनगरमा भर्ना गरिएको र सोही दिन स्वाब संकलन गरिएकोमा २३ गते आएको रिपोर्टमा कोरोना पुष्टि भएको थियो ।

उनको स्वास्थ्यमा सुधार नआउँदा कात्तिक २५ गते भेरी अस्पतालमा भर्ना गरिएकोमा बिरामीको रोग अनुसार सम्पूर्ण उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआई सोमबार बिहान साढे ६ बजे मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।

योसंगै जिल्ला बाहिरबाट बाँकेमा कोरोनाको उपचार गराउने क्रममा मृत्यु हुनेको संख्या ३८ पुगेको छ । जिल्लाभित्र र जिल्ला बाहिरका गरी बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७४ पुगेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !