१८ असार २०८१, मंगलबार

मोरङमा एकैदिन ९ जना कोरोना संक्रमितको मृत्यु


मृत्यु

विराटनगर, २५ कात्तिक । मोरङ जिल्लामा एकैदिन ९ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । मोरङमा एकैदिन पहिलो पटक ९ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

कोरोना संक्रमणवाट मृत्यु हुनेहरुमा १ जनाको होम आइसोलेसन र अरु ८ जनाको विराटनगरस्थित विभिन्न कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेहरुमध्ये ७ जना पुरुषहरु र २ जना महिलाहरु रहेका छन् ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा मंगलबार बिहान ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा २ जना, न्युरो अस्पतालमा १ जना र होम आइसोलेसनमा १ जनाको मृत्यु भएको हो ।

तेह्रथुमको म्याङ्लुङ-१० का ५७ वर्षीय संक्रमित पुरुषको बिहान ८ः२० बजेतिर नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कात्तिक २२ गते आइसोलेसनमा भर्ना गरिएको अस्पतालकाले बताएको छ ।

झापा गौरादह-५ का ६५ वर्षीय वृद्ध पुरुषको पनि बिहान ८ः२५ बजे नोबेल अस्पतालमै मृत्यु भएको हो । पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएपछि वृद्धलाई कात्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो ।

साथै झापाको झापाको हल्दिबारी-४ का ७० वर्षीय वृद्ध पुरुषको पनि बिहान ५ः४५ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई कात्तिक १५ गते उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएको थियो ।

उदयपुरको त्रियुगा-३ का २१ वर्षीय युवकको पनि नोबेल अस्पतालमा मृत्यु भएएको छ । कोरोना रिपोर्ट पोजिटिभ आएपछि कात्तिक २२ गते भर्ना गरिएका उनको बिहान ५ः३० बजे मृत्यु भएको हो ।

मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्ध पुरुषको बिहान ६ः३० बजेतिर नोबेल अस्पतालमै मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि २२ गते अस्पताल भर्ना गरिएका उनको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

विराटनगरको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा ६९ वर्षीया वृद्धा महिलाको मंगलबार बिहान मृत्यु भएको हो । सुनसरीको इटहरी-५ की वृद्धाको बिहान ८ बजेतिर मृत्यु भएको उपचार केन्द्र मृत्यु भएको हो । कात्तिक १३ गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि वृद्धालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

साथै विराटनगर-३ का ७७ वर्षीय वृद्ध पुरुषको पनि अस्पताल कोभिड-१९ उपचार केन्द्रमै बिहान ७ः३० बजेतिर मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो ।

विराटनगरको न्युरो अस्पतालमा उपचाररत मोरङको कटहरी-२ का ५० वर्षीय पुरुषको सोमबार राति ९ः५० बजेतिर मृत्यु भएको छ । निमोनियाको समस्या रहेका पुरुषलाई उपचारका लागि कात्तिक २१ गते अस्पताल भर्ना गरिएको थियो । अस्पतालका अनुसार उपचारका लागि अस्पताल ल्याएपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो ।

मोरङकै सुन्दरहरैँचा-७ की ७७ वर्षीया वृद्धा महिलाको आफ्नै घरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा सोमबार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भएको २४ घण्टा पनि बित्न नपाउँदै उनको मंगलबार बिहान ७ः३० बजेतिर मृत्यु भएको हो । संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी वृद्धाको आफ्नै घरमा ज्यान गएको हो । अधिकांश मृतकहरुमा ज्वरो, निमोनिया, श्वासप्रश्वास, उच्च रक्तचाप, फोक्सो, मृगौला र मुटु सम्बन्धी पुरानै समस्या रहेको अस्पतालहरुले जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !