२ कार्तिक २०८१, शुक्रबार

विराटनगरमा कोरोना संक्रमणवाट दुई वृद्धको मृत्यु


मृत्यु

विराटनगर, कात्तिक १७ । विराटनगरमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट दुई वृद्धको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा उपचार गराइरहेका झापा र मोरङका १/१ जना गरी २ जना कोरोना संक्रमित वृद्ध पुरुषको मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका-३ का ७० वर्षीय वृद्धको उपचारका क्रममा कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मृत्यु भएको छ । कात्तिक ७ गते कोरोना पुष्टि भएपछि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचार सफल हुन नसकी मृत्यु भएको अस्पतालका व्यवस्थापक ज्ञान बहादुर बस्नेतले बताए ।

त्यस्तै नोबेल शिक्षण अस्पतालमा उपचाररत झापाको दमक नगरपालिका-२ का ७२ वर्षीय वृद्ध पुरुषको पनि मृत्यु भएको छ । पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएका वृद्धको उपचार सम्भव नभएको अस्पतालका प्रबन्धक नारायण दाहालको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !