३० कार्तिक २०८१, शुक्रबार

नवलपरासी पूर्वका थप ३ जना कोरोना संक्रमितको मृत्यु


चितवन मेडिकल कलेज

नवलपरासी, कार्तिक १६ । पूर्वी नवलपरासीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका, कावासोती नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका १/१ जना गरी सवै ३ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईंका अनुसार गैंडाकोट नगरपालिकाका ३८ वर्षीय १ जना पुरुषको शनिबार साँझ चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

विनयी त्रिवेणी गाउँपालिका-१ दुम्किबासकी ६४ वर्षीया महिलाको उपचारका क्रममा चितवन मेडिकलमा मृत्यु भएको हो । कावासोती नगरपालिका–११ का ४८ वर्षीय पुरूषकाे पनि चितवन मेडिकल कलेजमा मृत्यु भएकाे हाे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !