५ जेष्ठ २०८१, शनिबार

बाथरुममा लडेर धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु


धरान उपमहानगरपालिका

धरान, कार्तिक १३ । सुनसरीको धरान उपमहानगरपालिकाका १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको बाथरुममा लडेर मृत्यु भएको छ । आफ्नै घरमा होम आइसोलेसनमा बसेका ४८ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो बुधबार दिउँसो लडेर मृत्यु भएको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

उनका अनुसार बाथरुमबाट फर्कने क्रममा लडेपछि स्वास्थ्यकर्मीलाई घरैमा बोलाएर अस्पताल लैजाने तयारी हुँदाहुँदै उनको मृत्यु भएको हो । बुधबार बिहान आएको पीसीआर रिपोर्टमा उनमा कोरोना पोजिटिभ देखिएको थियो ।

ज्वरो खोकी आएपछि कोरोना संक्रमणको आशंकामा उनी दुई सातादेखि घरैमा होम आइसोलेसनमा बसेका थिए । मृतक पुरुषको शवको व्यवस्थापन नेपाली सेनाको टोलीले नियम अनुसार गरेको मेहताले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !