१२ बैशाख २०८१, बुधबार

पोखरामा थप १ जना कोरोना संक्रमित महिलाको मृत्यु


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

पोखरा, कार्तिक १३ । पोखरामा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड अस्पतालमा उपचाररत पोखरा महानगरपालिका-१३ कि ३६ वर्षीय महिलाको गएराति ११ बजे कोरोना संक्रमणवाट मृत्यु भएको हो ।

अस्पतालका निर्देशक अर्जुन आचार्यका अनुसार कार्तिक ५ गते कोरोना पुष्टि भएको थियो । साथै ती महिलामा कोभिडसंगै अन्य दीर्घ रोग समेत रहेको निर्देशक आचार्यले जनाए । अस्पतालमा उपचाररत कोभिड संक्रमणवाट ज्यान गुमाउने उनी २० औं संक्रमित हुन् ।

पोखरामा थप १ जना कोरोना संक्रमित महिलाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !