८ बैशाख २०८१, शनिबार

चितवनमा थप १ जना कोरोना संक्रमित पुरुषको मृत्यु


भरतपुर अस्पताल

चितवन, कार्तिक १० । चितवन जिल्लामा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत चितवनको भरतपुर महानगरपालिका-२१ बस्ने ५६ वर्षीय पुरुषको आज सोमबार १० गते राति ९:३५ बजे कोरोना संक्रमणवाट मृत्य भएको हो ।

गत कार्तिक ५ गते श्वासप्रश्वाशमा समस्या भई उक्त अस्पतालको आइसीयुमा भर्ना भएका उनलाई कार्तिक ८ गते कोभिड-१९ संक्रमण पुष्टि भएको थियो । मृतक लामो समयदेखि मुटु तथा मृगौला रोगको उपचार गराईरहेका थिए ।

उनको स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि हिजो कार्तिक ९ गते कोभिड आइसीयुमामा राखी उपचार गरिएको थियो । उपचारका सबै उपायहरु गर्दा गर्दै आज उनको कोरोनाको कारणले निधन भएको अस्पतालले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !