३० कार्तिक २०८१, शुक्रबार

रुपन्देहीमा कोरोना संक्रमणबाट १ जना पुरुषको मृत्यु


बुटवल कोरोना बिशेष अस्पताल

रुपन्देही, २६ असोज । रुपन्देहीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । बुटवल कोरोना बिशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज बिहान ७ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।

यही असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका देवदह नगरपालिका १० सङ्क्रमित पुरुषको भेन्टिलेटरको सहयोगमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी गौतमले बताउनुभयो । योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४० जना पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !