५ आश्विन २०८१, शनिबार

बर्दियामा एकैदिन थप २ जना कोरोना संक्रमितको मृत्यु


मृत्यु

गुलरिया, असोज ७ । बर्दिया जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण २४ घण्टामा बर्दियाका २ जनाको मृत्यु भएको छ । बाँकेस्थित कोहलपुर मेडिकल कलेज तथा भेरी अस्पताल नेपालगञ्जमा उपचाररत २ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको हो ।

कोभिड संक्रमित बर्दियाको ठाकुरबाबा नगरपालिका-७ का ६४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए । खोकी लागेर उपचारमा रहेका ठाकुरबाबाका पुरुषको कोहलपुर मेडिकल कलेजमा मंगलबार मृत्यु भएको हो ।

यस्तै बारबर्दिया नगरपालिका-३ का ३९ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए । ज्वरो, खोकी, श्वास फेर्न कठिन भएको बारबर्दियाका पुरुषको बुधबार भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु