१२ असार २०८१, बुधबार

वीपी प्रतिष्ठान उपचाररत २ जना कोरोना संक्रमित महिलाको मृत्यु


वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

धरान, असोज ५ । सुनसरी जिल्लाको धरानमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट २ जना महिलाको मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचाररत झापाकी १ जना र सुनसरी १ जना गरी २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर दिनेश सापकोटाले जानकारी दिए ।

कोरोना संक्रमणवाट मृत्यु हुने झापा मेचीनगर नगरपालिका-८ की ७२ वर्षीय वृद्धा रहेकी छिन । उनलाई कन्काई अस्पतालले हिजो आइतबार प्रतिष्ठानमा रेफर गरेको थियो । उनको उपचारका क्रममा आइतबार राति करिब साढे ९ बजे मृत्यु भएको हो ।

उनमा छाती दुख्ने, श्वासप्रश्वासमा समस्या तथा निमोनियाको लक्षण देखिएकी महिलामा अन्य रोग नदेखिएको प्रतिष्ठानका प्रवक्ता डाक्टर दिनेश सापकोटाले जानकारी दिए ।

सुनसरीको इनरुवा नगरपालिका– ४ की ४९ वर्षीय महिलाको मृत्यु भएको हो । उनी भदौ ३० गतेदेखि प्रतिष्ठानमा उपचाररत थिइन् । उनको सोमबार बिहान करिब २ बजे मृत्यु भएको हो ।

उनमा भने मृगौला मधुमेह र उच्चरक्तचापको समस्या रहेको प्रवक्ता सापकाेटाले जानकारी दिए । उनलाई १ असोजमा कोरोना पोजेटिभ देखिएपछि थियो । उच्च रक्तचाप, मधुमेह तथा मृगौलाको समस्या भएको महिला ३० भदौमा प्रतिष्ठानको मेडिसिटी वार्डमा भर्ना भएकी थिइन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !