कपिलवस्तु, भदौ २९ । रुपन्देही जिल्लामामा कपिलवस्तुका कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । भिम अस्पताल भैरहवामा उपचाररत शिवराज नगरपालिका-५ का ५८ वर्षीय पुरुषको गएराती १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले पुष्टि गरेको छ ।
उनी दमको बिरामी थिए । उनमा भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै कपिलवस्तुमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।