६ आश्विन २०८१, आइतबार

पोखराको फिस्टेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


फिस्टेल अस्पताल

पोखरा, भदौ २७ । कास्की जिल्लाको पोखरामा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको मृत्यु भएको छ । पोखरास्थित फिस्टेल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका-५ की ४५ वर्षीया महिलाको गएराती १ः१५ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको हो ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ११:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै कोरोना संक्रमणबाट गएराती ती महिलाको मृत्यु भएको जानकारी दिए ।

शनिबार बिहान मात्रै स्याङ्जाका ८५ वर्षीय वृद्धको कोरोना संक्रमणबाट पोखरामा ज्यान गएको थियो । यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणले मृत्यु हुनेको संख्या २४ पुगेको छ भने योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८६५ जना पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !