६ आश्विन २०८१, आइतबार

बुटवल कोरोना अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु


बुटवल कोरोना विशेष अस्पताल

बुटवल, भदौ २७ । रुपन्देही जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट १ जना पुरुषको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही जिल्लाको ओमसतिया-५ का ४० वर्षीय पुरुषको शुक्रबार राति साढे १२ बजे मृत्यु भएको हो ।

गत भदौ १४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा आई पीसीआर परीक्षण गर्दा पोजिटिभ भेटिएका उनलाई १६ गते कोरोना अस्पतालमा सारिएकामा २४ गतेबाट थप समस्या भएपछि भेन्टिलेटरमा राखी उपचार भई रहेकामा श्वासप्रश्वासमा समस्या आएर शुक्रबार राति मृत्यु भएको हो ।

मृतक मधुमेहका बिरामी समेत थिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १७ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !