६ आश्विन २०८१, आइतबार

पोखरामा कोरोना संक्रमणवाट स्याङजाका पुरुषको मृत्यु


पोखरामा थप कोरोना संक्रमित ५२ वर्षीय पुरुषको मृत्यु

पोखरा, भदौ २७ । पोखरामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट १ जना पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत स्याङजाको पुतलीबजार नगरपालिका-१ निवासी ८५ वर्षीय बृद्ध पुरुषको आज बिहान ६:३२ बजे मृत्यु भएको जानकारी दिएको छ ।

आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह.प्रा.डा. अर्जुन आचार्यले एक प्रेस बिज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । उनमा भदौ २४ गते रिपोर्ट पोजेटिभ आएपछि कोभिड-१९ उपचार केन्द्रको आइसियुमा भर्ना गरी उपचार थालिएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणवाट अहिलेसम्म १० जनाको मृत्यु भई सकेको छ ।

पोखरामा कोरोना संक्रमणवाट स्याङजाका पुरुषको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !