चितवन, भदौ २६ । चितवनमा आज थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत पूर्वी चितवनको राप्ती नगरपालिका-५ का ६१ वर्षीय पुरुषको आज साँझ ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
भदौ २४ गते कोरोना पुष्टि भएका ती पुरुष भदौ २५ गते भरतपुर अस्पतालको कोभिड आइसियूमा भर्ना भएका थिए । उनका उच्च ज्वरो, खोकी र स्वासप्रश्वासको समस्या थियो । योसंगै चितवनका १५ जनासहित चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।