१५ असार २०८१, शनिबार

केन्द्रीय कारागार सुन्धाराका ४ कैदीबन्दीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि


केन्द्रीय कारागार

काठमाडौं, भदौ २६ । सुन्धारास्थित केन्द्रीय कारागारका ४ जना कैदीबन्दीलाई मृत्युपछि कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका थप ४ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको केन्द्रीय कारागार स्रोतले जानकारी दिएको छ ।

मृत्युपछि कोरोना संक्रमण पुष्टि हुनेहरुमा सिराहाका ६४ वर्षीय पुरुष, बझाङका ६० वर्षीय पुरुष, पाल्पाका ५८ वर्षीय पुरुष र दोलखाका ६९ वर्षीय पुरुष छन् । उनीहरुको वीर अस्पतालमा मृत्यु भएको थियो । ३ जना कैदीको भदौ १६ गते र दोलखा घर भएका १ कैदीको भदौ १९ गते मृत्यु भएको थियो ।

भदौ १५ गते ललितपुरको मेगा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका १ जना कैदीमा कोरोना पोजेटिभ देखिएको थियो । मेगा अस्पतालमा भर्ना गरिएका कैदी अन्य रोगबाट पनि पीडित थिए । केन्द्रीय कारागारका ६० जना संक्रमितमध्ये ३१ जना कोरोनामुक्त भई सकेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !