६ आश्विन २०८१, आइतबार

बाराका कोरोना संक्रमित ९७ वर्षीय वृद्धको वीरगञ्जमा मृत्यु


मृत्यु

वीरगञ्ज, भदौ १७ । पर्सा जिल्लाको वीरगञ्जमा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालले सञ्चालन गरेको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत बारा जिल्लाको सिम्रौनगढ नगरपालिका-९ बसबरियाका ९७ वर्षीय वृद्धको मंगलबार राति १ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

भदौ १४ गते संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । उपचारका लागि तराई हस्पिटल भर्ना भएका उनको १२ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा १४ गते संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएसँगै उनलाई गण्डक कोभिड अस्पतालमा रेफर गरिएको थियो । दम र मुटु रोगी समेत रहेका संक्रमितको श्वासप्रश्वासमा समस्या आएपछि उनको मृत्यु भएको डाक्टर चौरसियाले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !