५ जेष्ठ २०८१, शनिबार

धरानमा सोमबार मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि


मृत्यु

धरान, भदौ १६ । सुनसरी जिल्लाको धरानमा हिजो सोमबार मृत्यु भएका पुरुषमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिका-११ मा बस्दै आएका ६५ वर्षीय पुरुषमा मृत्युपछि मंगलबार दिउँसो कोरोना संक्रमण देखिएको हो ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका कारण मृतकको मंगलबार बिहान स्वाब संकलन गरिएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

एक सातादेखि ज्वरो, खोकीसँगै श्वासप्रश्वासमा समस्या देखिए पनि उनी घरैमा बस्दै आएका थिए ।उनी प्रतिष्ठानकै ल्याबका अवकाशप्राप्त कर्मचारी हुन् । ।धरान-११ का वडाध्यक्ष बाबुलाल लामाका अनुसार ती व्यक्तिको मृत्यु हुनुअघि एक मेडिकल सञ्चालकले उनको घरमै पुगेर निमोनियाको आशंकामा रगत समेत लिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !