७ आश्विन २०८१, सोमबार

भक्तपुरमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमित पुरुषको मृत्यु


मृत्यु

भक्तपुर, भदौ १४ । भक्तपुरमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । होम आइसोलेसनमा बसेका भक्तपुर नगरपालिका-१ दूधपाटीका कोरोना संक्रमित ६५ वर्षीय पुरुषको शनिबार राति मृत्यु हो ।

मृतक पुरुषको भदौ ११ मा पीसीआर परीक्षण गरेर १२ गते शुक्रबार संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा नै बसेका थिए । उनी उच्च रक्तचाप, महुमेहका बिरामी थिए ।

कोरोना भाइरस पुष्टि भएपछि अस्पताल लैजान अनुरोध गर्दा परिवारले एक्लै खाना खान समस्या हुने भन्दै होम आइसोलेसनमा राखेका थिए । मृतकका परिवार सदस्यको पीसीआर परीक्षण गर्ने तयारी भई रहेको छ ।

मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने तयारी भई रहेको छ । योसँगै भक्तपुरमा ४ जना महिला र ३ जना पुरुष गरी कोरोना संक्रमणबाट मृत्यु हुने संख्या ७ जना पुगेको छ ।

यस्तै पाटन अस्पतालमा उपचाररत ललितपुरका कोरोना संक्रमित २९ वर्षीय युवकको शनिबार राति १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !