७ आश्विन २०८१, सोमबार

वीरगञ्जमा रौतहटका कोरोना संक्रमित युवकको मृत्यु


नारायणी अस्थायी वीरगञ्ज हेल्थ केयर कोरोना अस्पताल

१३ भदौ, वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्जमा रौतहटका कोरोना भाइरस (कोभिड-१९) संक्रमित युवकको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्थायी वीरगञ्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत रौतहटको गम्हरीया-३ का ३० वर्षीय युवकको आज शनिबार साँझ साढे ७ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले युवकलाई बिहीबार नारायणी अस्पताल लिएर आएका थिए । स्वाब संकलन गरी परीक्षण गर्दा शुक्रबार ती युवकमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि शुक्रबार साँझ साढे ७ बजे उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !