५ आश्विन २०८१, शनिबार

लहानकी कोरोना संक्रमित महिलाको विराटनगरमा मृत्यु


विराटनगरका ६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्कने

विराटनगर, भदौ १२ । मोरङ जिल्लाको विराटनगरमा उपचाररत लहानकी १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको मृत्यु भएको छ । कोसी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचारत सिरहाको लहानकी ६५ वर्षीया महिलाको आज शुक्रबार बिहान ११ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको हो ।

उनलाई हिजो बिहीबार बेलुकी उक्त केन्द्रमा भर्ना गरिएको थियो । अस्पताल स्रोतका अनुसार ती महिलामा फोक्सो सम्बन्धी समस्या समेत थियो । आज बिहान अचानक श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको र भेन्टिलेटरमा राखेर उपचार गरिरहँदा उनको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !