६ बैशाख २०८१, बिहिबार

भक्तपुरकी कोरोना संक्रमित महिलाको धुलिखेल अस्पतालमा मृत्यु


धुलिखेल अस्पताल

धुलिखेल, भदौ १० । काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । भक्तपुर सुर्यविनायक-८ दोकाचा घर भई उक्त अस्पतालमा उपचार गराईरहेकी ५५ वर्षीया महिलाको हिजो मंगलबार राति ११.५५ बजे निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

गत साता कोरोना संक्रमण पुष्टि भएकी ती महिलालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । मुुटु र थाइराइडको उपचारका लागि गएकी ती महिलामा अस्पतालमै संक्रमण भएको हुन सक्ने बताइएको छ ।

महिलाको परिवारका ७ जना सदस्यको पीसीआर परीक्षणका लागि मंगलबार नै स्वास्थ्यकर्मीले स्वाब संकलन गरिसकेको छ । उनको कोरोना संक्रमितको अन्त्येष्टी नेपाली सेनाले पशुपतिमा रहेको विद्युत्तिय शवदाह गृहमा गर्ने तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !