७ आश्विन २०८१, सोमबार

पर्साको वीरगञ्जमा कोरोना संक्रमणवाट १ जना महिलाको मृत्यु


वीरगञ्ज हेल्थ केयर अस्थायी कोरोना अस्पताल

वीरगञ्ज, भदौ ७ । पर्सा जिल्लाको वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । गत साउन २४ देखि गण्डक बहुअरीस्थित वीरगञ्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचाररत महिलाको मृत्य भएको हो ।

वीरगञ्ज महानगरपालिका-११ श्रीपुर निवासी ५६ वर्षीया कोरोना संक्रमित महिलाको शनिबार बेलुकी ७:३० बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको हो ।

ज्वरोका साथै खोकी र श्वास प्रश्वासमा समेत समस्या भएपछि ती महिलाको साउन २२ गते स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा साउन २४ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

ज्वरो, खोकी, थाइरोइड, श्वासप्रश्वासको समस्या रहेको ती महिलामा कोरोना पाजिटिभ देखिएपछि कोरोना अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार थालिएको थियो ।

स्वास्थ्य अवस्था झन बिग्रिएपछि उनलाई पछिल्लो १२ घण्टा भेन्टिलेटरमा उपचार गर्ने क्रममा शनिबार बेलुका मृत्यु भएको प्रशासन कार्यालयले जनाएको छ । पर्सामा अहिलेसम्म कोरोना संक्रमणवाट २९ जनाको मृत्यु भई सकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !