७ आश्विन २०८१, सोमबार

काठमाडौंमा कोरोना संक्रमणबाट थप १ जना वृद्धको मृत्यु


मृतकको शव

काठमाडौँ, भदौ ५ । काठमाडौंमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जना वृद्धको मृत्यु भएको छ । काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत १ जना वृद्धको मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा सप्तरी घर भई हाल धापासी काठमाडौँ बस्ने ७७ वर्षीय वृद्धको मृत्यु भएको सशस्त्र प्रहरी अस्पताल बलम्बु स्रोतले जानकारी दिएको छ । उनलाई बिहीबार साँझ ग्रिन सिटी अस्पतालबाट रिफर गरेर सशस्त्र अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याएको भोलिपल्ट अर्थात शुक्रबार बिहान १० बजेको समयमा उनको मृत्यु भएको हो । उनको शव व्यवस्थापनको लागि कोही पनि नआएकोले सम्भवत उनको शव व्यवस्थापन नेपाली सेनाले गर्ने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !