काठमाडौँ, भदौ ४ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट मृत्यु हुनेहरुमा काठमाडौं र पर्साका १/१ जना महिला तथा मकवानपुर, सप्तरीका १/१ जना पुरुष र पर्साका २ पुरुष गरी ६ जनाको मृत्यु भएको हो ।
यो पनि पढ्नुहोस्
नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२० पुग्यो