७ आश्विन २०८१, सोमबार

पाटन अस्पतालमा उपचाररत भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु


मृतकको शव

ललितपुर, भदौ ३ । पाटन अस्पताल ललितपुरमा उपचाररत भक्तपुरकी कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाकी कोरोना संक्रमित ६१ वर्षीया महिलाको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरले एक प्रेस बिज्ञप्ति जारी गर्दै पाटन अस्पतालमा उनको आज बुधबार बिहान मृत्यु भएको हो । अस्पताल स्रोतले संक्रमित महिलाको मृत्यु भएको खबर स्वास्थ्य कार्यालयमा पठाएको विज्ञप्तिमा जनाइएको छ ।

ती महिला साउन २१ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् । उनी ब्लड क्यान्सरका विरामी हुनुका साथै पछिल्लो समय उनमा निमोनियाको समस्या देखिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !