८ आश्विन २०८१, मंगलबार

पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु


पाटन अस्पताल

ललितपुर, साउन २८ । पाटन अस्पतालमा उपचाररत १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको मृत्यु भएको छ । मृतक जनकपुरकी ३८ वर्षीया महिला हुन् ।

उनी साउन १८ गते पाटन अस्पतालमा भर्ना भएकी थिइन् । ती महिलाको कोरोना संक्रमणबाट बुधबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८५ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आघिकारिक पुष्टि बाँकी छ ।

पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !