८ आश्विन २०८१, मंगलबार

पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट थप १ जना महिलाको मृत्यु


मृत्यु-निधन

वीरगञ्ज, साउन २६ । पर्साको वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १ जना महिलाको मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र गण्डकमा उपचाररत वीरगन्ज महानगरपालिका-१५ भेडियाही निवासी ४५ वर्षीय महिलाको मृत्यु भएको नारायणी अस्पताल स्रोतले जानकारी दिएको छ ।

उनको हिजो आइतबार साउन २५ गते उपचारको क्रममा मृत्यु भएकाे भएपनि मृत्यु पश्चात् उनमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल स्रोतले जानकारी दिएको छ । उच्च रक्तचाप र हाइपोथाइराइडकी समेत बिरामी रहेकी ती महिलाको अचानक स्वासप्रस्वासमा समस्या देखिएपछि उपचारको लागि अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको छ । तर स्वास्थ्य जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !