८ आश्विन २०८१, मंगलबार

पोखरामा कोरोना संक्रमणवाट १ जना पुरुषको मृत्यु


मृत्यु

२५ साउन, काठमाडौं । पोखरामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट १ जना पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका-१९ निवासी ६२ वर्षीय पुरुषको गएराति ११ः३५ मा मृत्यु भएको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा बिज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले दिएको जानकारी अनुसार उनलाई यही साउन १७ गते अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उनको उपचार हुँदै आएको थियो । उनी डायबिटिजबाट समेत पीडित थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु भएको यो तेस्रो घटना हो । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ७४ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।

पोखरामा कोरोना संक्रमणवाट १ जना पुरुषको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !