८ आश्विन २०८१, मंगलबार

पाटन अस्पतालमा उपचाररत ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु


पाटन अस्पताल

ललितपुर, साउन २३ । ललितपुरको पाटन अस्पतालमा उपचाररत ४५ वर्षीय कोरोना भाइरस (कोभिड-१९) संक्रमित १ जना पुरूषको मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार वीरगन्ज निवासी उनको हिजो बिहीबार साँझ मृत्यु भएको हो ।

उनलाई स्टार अस्पतालबाट पाटन अस्पतालमा रिफर गरिएको थियो । स्टार अस्पतालमै हुँदा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । पाटन अस्पताल स्रोतका अनुसार ती मृतकमा उच्च रक्तचाप, मधुमेह तथा मुटुरोग समेत थियो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !