८ आश्विन २०८१, मंगलबार

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ६५ पुग्यो


मृत्यु

काठमाडौं, साउन २२ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मोरङमा २ जना पुरुषको मृत्यु

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार मोरङको रंगेली नगरपालिका-८ दर्वेशाका ४५ वर्षकै पुरुषको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा बुधबार दिउँसो रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको हो । ती पुरुषको भने अस्पताल ल्याउने क्रममा साउन २१ गते बुधबार बिहान साढे १० बजे मृत्यु भएको थियो । कोरोनासँग मिल्ने लक्षण ज्वरो तथा स्वासप्रश्वासमा समस्या देखिएपछि स्वाब संकलन गरेर कोशीको प्रयोगशालामा परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो ।

साथै मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार मोरङको विराटनगर-९ का ४५ वर्षीय पुरुषको कोशी अस्पतालको आइसोलेसन उपचाररत विराटनगर पुरुषको मृत्यु भएको २ घण्टापछि रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले जानकारी दिएको छ । विराटनगरका पुरुष मंगलबार राति अस्पताल भर्ना भएका थिए भने उनको बुधबार साउन २१ गते दिउँसो १ बजे कोशी अस्पतालमा मृत्यु भएको थियो । कलेजोको गम्भीर समस्या भएका उनी मंगलबार राति उपचारका लागि अस्पताल भर्ना भएका थिए । उनी मिर्गौला तथा मधुमेहका दीर्घरोगी रहेका थिए । मृत्यु भएको दिन स्वाब संकलन गरी जाँच गर्दा कोरोना पुष्टि भएको थियो ।

काठमाडौंमा सर्लाहीका १ जना महिलाको मृत्यु

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार काठमाडौंमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही-६ मलंगवाकी ६५ वर्षीया महिलाको साउन २१ गते मृत्यु भएको हो । ती महिला प्रहरी अस्पतालमा साउन १६ गते भर्ना भएकी हुन्। मनमोहन अस्पतालमा उपचार गराइरहेकी ती महिलामा कोरोनाको लक्षण देखिएपछि प्रहरी अस्पताल रिफर गरिएको थियो । उनमा साउन १९ गते कोरोना पुष्टि भएको थियो । निमोनियाको उपचार गराइरहेकी महिलामा स्क्रब टाइफस समेत देखिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

काठमाडौँमा धनुषाकी १ जना महिलाको मृत्यु

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार मृतकमा धनुषा जिल्ला मिथिला नगरपालिका-१० लालगढ बस्ने ७२ वर्षीया महिलाको साउन १७ गते ओम अस्पताल तथा रिसर्च सेन्टर काठमाडौँमा उपचारको क्रममा साउन १७ गते शनिवार मृत्यु भएको थियो । उनको पनि जाँच गर्दा कोरोना पुष्टि भएको छ । दम, होइपोथाइरोडिजम र उच्च रक्तचापका विरामी उनलाई श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट दुखेर धनुषाबाट ओममा ल्याइएको थियो । आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

सप्तरीमा १ जना पुरुषको मृत्यु

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार सप्तरी जिल्लाको रुपनी गाउँपालिका-५ गढियामा साउन २१ गते बुधबार होम क्वारेन्टाइनमा मृत्यु भएका ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी डेढ महिनाअघि मलेसियाबाट घर फर्किएका थिए । कोरोना संक्रमणको आशंकामा जिल्ला स्वास्थ्य कार्यालयले उनको शवको अन्तिम संस्कार गर्न रोक लगाएर बुधबार स्वाब संकलन गरेको थियो । राजविराजस्थित गजेन्द्र नारयणसिंह अस्पतालमा गरिएको स्वाब परीक्षणमा ती व्यक्तिमा कोभिड-१९ पुष्टि भएको अस्पतताल स्रोतले बताएको छ ।

होम क्वारेन्टाइनमा बसेपनि ४५ वर्षीय ती व्यक्तिले पीसीआर परीक्षण गराएका थिएनन् । केही दिनदेखि ज्वरो देखिएका उनलाई साउन २० गते मंगलबार अझ च्यापेको र दम बढेपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएकोमा त्यहाँ उपचार हुन नसकी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिफर गरिएको थियो । तर अस्पताल परिसरमा पुग्नेबित्तिकै उनको मृत्यु भएको हो ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ६० पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !