८ बैशाख २०८१, शनिबार

पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट थप १ जना महिलाको मृत्यु


मृत्यु

वीरगञ्ज, साउन १७ । पर्सा जिल्लाको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचाररत १ जना महिलाको कोरोना भाइरस (कोभिड १९) संक्रमणवाट मृत्यु भएको छ । बुधबार अस्पतालमा भर्ना भएकी वीरगञ्ज-१६ नगवाकी अर्की १ जना ६८ वर्षीय वृद्ध महिलाको शनिबार साँझ ६ बजे मृत्यु भएको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिए ।

उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो उनलाई बयोधा अस्पतालबाट थप उपचारका लागि नारायणी अस्पताल कोरोना विषेश अस्थायी अस्पताल गण्डकमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको डा.सिंहले बताए । उनलाई ज्वरो र निमोनिया पनि भएको थियो ।

उनमा शुक्रबार राति कोरोनाको संक्रमण पुष्टि भएको थियो । योसँगै पर्सा जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । साथै योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।

यो पनि पढ्नुहोस्

पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट १ जना महिलाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !