१४ बैशाख २०८१, शुक्रबार

रुपन्देहीमा ट्रकलाई ओभरटेक गर्दा १ जना मोटरसाइकल चालकको मृत्यु


मुत्यु

बुटवल, १० साउन । रुपन्देही जिल्लामा सवारी दुर्घटनामा परी १ जना युवकको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

तिलोत्तमा नगरपालिका-५ मणिग्रामचोक निजिकै सिदार्थ राजमार्गमा भैरहवाबाट बुटवलतर्फ जादै गरेको लु २३ प ९२ ०५ नम्बरको मोटरसाईलकले सोही दिशातर्फ जादै गरेको ना ६ ख ३३६६ नम्बरको ट्रकलाई ओभरटेक गर्दा मोटरसाईकल चालक गुल्मी दरवार गाउँपालिका-२ बस्ने २९ को धनवहादुर बस्नेतको मृत्यु भएको छ ।

बस्नेत उपचारको क्रममा क्रिमसन अस्पताल मणिग्राण मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । ट्रक चालक सल्यान जिल्लाको शारदा नगरापलिका-४ बस्ने ३० बर्षका टंक बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !