वीरगञ्ज, साउन ९ । पर्सा जिल्लाको वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जना युवतीको मृत्यु भएको छ । बारा परवानीपुर गाउँपालिका-४ घर भएकी १७ बर्षीया सबनम खातुनको मृत्यु भएको भएको नारायणी अस्पतालले जानकारी दिएको छ ।
नारायणी अस्पतालमा उपचारको क्रममा अवस्था गम्भीर भएपछि बुधबार उनलाई राति साढे १० बजे वीरगञ्ज हेल्थ केयर अस्पताल ल्याइएको थियो । ईर्मजेन्सीमा भर्ना भएपछि हेल्थ केयरमा उनको आरडिटी परीक्षण गरिएको थियो ।
आरडिटी पोजेटिभ देखिएपछि कोरोनाको आशंकामा उपचार शुरु गरिएको थियो । उनको पीसीआर परीक्षण पनि पोजेटिभ आएको छ । उनमा स्क्रब टाइफस समेत पोजेटिभ देखिएको थियो । पखाला र जिउ काम्ने भइरहेको उनमा स्वास प्रश्वासमा पनि समस्या रहेको अस्पताल बताएको छ ।
बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा आज शुक्रबार अपरान्ह उनको मृत्यु भएको हो । भोलि शनिबार सेनाले उनको शव व्यवस्थापन गर्ने जानकारी प्राप्त भएको छ ।
आज शुक्रबार बिहान पनि वीरगन्ज महानगरपालिका-११ श्रीपुर रानीघाटका ८५ वर्षीय महिलाको नारायणी अस्पतालमा उपचारका क्रममा निधन थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।
यो पनि पढ्नुहोस्
पर्साको वीरगञ्जमा आरडिटी पोजेटिभ देखिएकी १ जना युवतीको मृत्यु