६ जेष्ठ २०८१, आइतबार

कोशी अस्पतालको आइसोलेसन उपचाररत १ जना महिलाको मृत्यु


मृत्यु

विराटनगर, साउन ९ । विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंकामा भर्ना गरिएकी जना महिलाको आज शुक्रबार दिउँसो मृत्यु भएको छ । सुनसरीको इनरुवा नगरपालिका-३ की ४० वर्षीया जंगलीदेवी सदाको शुक्रबार दिउँसो २ बजेतिर मृत्यु भएको हो ।

कोरोनासँग मिल्ने लक्षण देखिएपछि उनलाई हिजो बिहीबार आइसोलेनसमा भर्ना गरिएको अस्पतालले जानकारी दिएको छ । आइसोलेसनमा भर्ना गरेर कोरोना भए नभएको परीक्षण गर्न स्वाब संकलन गरिएको थियो ।

तर अहिले उनको कोरोनाको रिपोर्ट भने आइ सकेको छैन । रिपोर्ट आएपछि मात्रै मृतकमा कोरोना संक्रमण भए नभएको पुष्टि हुने अस्पतालले बताएको छ । अस्पतालका अनुसार शंकास्पद ३ जनालाई आइसोलेनसमा राखेर परीक्षणका लागि स्वाब संकलन गरि सकिएको थियो ।

रिपोर्ट प्राप्त भइसकेपछि मात्रै शवको व्यवस्थापन गरिने अस्पतालले जनाएको छ । कोशी अस्पतालले शंकास्पद बिरामीलाई आकस्मिक रुपमा राखेर परीक्षण गर्नका लागि १० बेडको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !