७ जेष्ठ २०८१, सोमबार

धादिङको थाक्रे गाउँपालिकामा पहिरोमा पुरिएर १ जनाको मृत्यु


मृत्यु

धादिङ, ९ साउन । धादिङ जिल्लामा भैँसी बचाउन जाँदा पहिरोले पुरिएर गए राति एक जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका-६ रानीबारी कार्की गाउँमा पहिरोमा पुर्दा ५४ वर्षीय सानुबाबु पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

राति गोठमाथीबाट पहिरो झर्न लागेपछि भैँसी फुकाउन जाँदा गोठमा पहिरोले थिचेर पन्थको ज्यान गएको हो । पहिरोले पुरेर एउटा भैँसी, एउटा बाख्रासमेत मरेको स्थानीयवासी हरि थापाले बताउनुभयो । यससहित जिल्लामा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु