१३ आश्विन २०८१, आइतबार

स्याङ्जामा जीपबाट खसेर १ जना युवकको मृत्यु


मुत्यु

वालिङ, ७ साउन । जीपबाट खसेर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान स्याङ्जाको भीरकोट-४ छाङ्छाङ्दीस्थित सिद्धार्थ राजमार्गमा त्रियाशीबाट बयरघारीतर्फ जाँदै गरेको ग १ ज ७४४५ नम्बरको जीपबाट खसेर पाल्पाको रम्भा गाउँपालिका-४ बस्ने १६ वर्षीय मनबहादुर सारूको उपचारका क्रममा मृत्यु भएको हो ।

आज बिहान करिब ९ बजेको समयमा जीपको पछाडिको ढालाबाट खसेर गम्भीर घाइते भएका सारूको गह्रौँ प्राथमिक अस्पतालमा उपचार हुन नसकेपछि पोखरास्थित गण्डकी मेडिकल कलेजमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रवक्ता अधिकारीले बताउनुभयो । जीप चालक र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !