९ आश्विन २०८१, बुधबार

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४२ पुग्यो


मृत्यु

काठमाडौं, साउन ७ । आज नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट २ जनाको मृत्यु भएको पुष्टि छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत महोत्तरीको महोत्तरी गाउँपालिका-३ का ६० वर्षीय बृद्धको कोरोनाका कारण गएराति ७ बजे मृत्यु भएको हो । गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसोलेशनमा भर्ना भएका उनको हिजो मंगलबार राति निधन भएको हो ।

गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको ३ दिनपछि मृत्यु भएको हो । कोरोनाबाट मृत्यु भएका पुरुष क्यान्सर रोगी थिए। उनी क्यान्सरको चौथो स्टेजमा रहेका थिए । मृतक आफ्नो छोरीको घर भारत गएर फर्केका थिए ।

त्यस्तै नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट पहिलो पटक विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ वर्षीया चिनियाँ महिला रहेकी छिन् । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतलमा उपचारत उनको आज बिहान मृत्यु भएको हो ।

उनी हाल पोखरामा बस्दै आएकी र स्वास्थ्यमा समस्या देखिएपछि प्रभू एयरको हेलिकप्टरमा शुक्रबार काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याइएसँगै धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएकी उनमा कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ रिफर गरिएको थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोनाबाट पहिलो पटक विदेशी चिनियाँ नागरिकको मृत्यु

धरानमा महोत्तरीका कोरोना संक्रमित १ जना बृद्धको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ४० पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !