१ मंसिर २०८१, शनिबार

हलिउड अभिनेत्री केली प्रेस्टनको निधन


केली प्रेस्टन

एजेन्सी, असार ३० । हलिउड अभिनेत्री केली प्रेस्टनको सोमबार बिहान ५७ वर्षको उमेरमा निधन भएको छ । उनको स्तन क्यान्सरका कारण निधन भएको उनका पति अभिनेता जोन ट्राभोल्टले जानकारी दिएका हुन् । उनी दुई वर्षदेखि स्तन क्यान्सरसँग लडिरहेकी थिइन् ।

ट्राभोल्टले इन्स्टाग्राममा लेखेका छन्, ‘मेरी प्यारी श्रीमती केली स्तन क्यान्सरसँगको बिगत २ वर्षको युद्धमा पराजित भएकी छन् । उनले क्यान्सरसँग निकै बहादुर भएर लडिन् सबैको माया र साथले ।’ प्रेस्टनको आइतबार बिहान निधन भएको परिवारका प्रतिनिधिले पिपुल म्यागजिनलाई बताएका छन् ।

प्रेस्टन र ट्राभोल्ट विगत २९ वर्षदेखि वैवाहिक सम्बन्धमा थिए । प्रेस्टनले ट्वीन्स, फ्रम डस्क टिल डन, जेरी मागुइरी, द क्याट इन ट ह्याट, ‘जेरी म्याग्योर’, ‘स्पेश क्याम्प’, ‘ज्याक फ्रोस्ट’, ‘फोर लभ अफ द गेम’ लगायतका चलचित्रमा काम गरेकी छन् । उनी पछिल्लो समय २०१८ मा हलिउड ग्याङ्गस्टार ड्रामा ‘गोट्टी’मा देखिएकी थिइन् ।

उनले श्रीमान ट्राभोल्टसँग ब्याटलफिल्ड अर्थ तथा गोट्टीमा काम गरेकी थिइन् । ट्राभोल्टले श्रीमती प्रेस्टनको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन् । प्रेस्टन र ट्राभोल्टका छोरा जेट्ट ट्राभोल्टको १६ वर्षको उमेरमा सन् २००९ मा बहमासमा पारिवारिक भ्रमणका बेला निधन भएको थियो । उनीहरुका एला ब्लेउ र बेन्जामिन नाम गरेका अरु दुई सन्तान छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !