११ आश्विन २०८१, शुक्रबार

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या २७ पुग्यो


मृत्यु

१२ असार, काठमाडौँ । आज नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार दाङमा कोरोना संक्रमणबाट १ जना महिलाको मृत्यु भएको छ । बिहीबार दाङमा प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएको ती महिलालाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

उनको स्वाब परीक्षण गर्दा शुक्रबार पीसीआर रिपोर्ट पोजिटिभ आएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् । उनको परिचय नखुलेको र परिवारको खोजी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनको परिवारसँग सम्पर्क स्थापित गर्ने कोसिस भइरहेको पनि प्रवक्ता डा. गौतमले बताएका छन् ।

यसअघि नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना, बाँकेमा २ जना, गुल्मीमा ३ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका २ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका ३ जना, स्याङ्जाका २ जना, चितवनका २ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना र बाराका १ जना गरी २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस् 

नेपालमा संक्रमितको संख्या ११७५५ पुग्यो, आज थपिए कोरोनाका नयाँ ५९३ संक्रमित

नेपालमा अहिलेसम्म २६९८ जनाले जिते कोरोना, थप ४८ जना घर फर्किए

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या २६ पुग्यो

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !