७ मंसिर २०८१, शुक्रबार

बलात्कारको आरोपमा डिएसपी पुर्पक्षका लागि थुनामा, १० वर्षसम्मको कैद सजायको माग


१५ जेठ, काठमाडौं । बलात्कार गरेको अभियोग लागेका पूर्व डिएसपी राजकुमार खिउजुलाई जिल्ला अदालत ललितपुरले पूर्पक्षका लागि थुनामा पठाएको छ । प्रहरीको बर्दीमा भएकैबेला २१ वर्षीया यूवतीलाई बलात्कार गरेको आरोप लागेका खिउजुलाई तत्काल प्राप्त प्रमाण हेर्दा थुनामा राख्नुपर्ने देखिएको भन्दै जिल्ला अदालतले बिहीबार खिउजुलाई थुनामा पठाएको हो ।

७ देखि १० वर्षसम्मको कैद सजाय र पिडितलाई मनासिब क्षतिपूर्ति दिलाउन माग गरिएको छ । प्रहरी कार्यालय सेवामा रहेकाबेला बलात्कार गरेको भन्दै जिल्ला सरकारी वकिलले खिउजुलाई थप ४ वर्ष कैद र ४० हजार जरिवानासमेत माग गरेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !