१२ असार २०८१, बुधबार

पेट्रोलमा कालो बजारी गर्ने तीन पक्राउ


Petrol_pump_mp3h0354

राजविराज, ६ चैत । सप्तरीको सुरुङगा नगरपालिका कुशहास्थित विभिन्न पसलमा बढी मूल्य लिई पेट्रोलमा कालोबजारी गर्ने तीन जनालाई पक्राउ गरिएको छ । नगरपालिका–५ कुशाहास्थित पसलमा अवैधरूपमा पेट्रोल प्रतिलिटर रु १२० का दरले बिक्री वितरण गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक बाबुराम कार्कीले बताउनुभयो ।

पक्राउ पर्नेमा नगरपालिका–७ का ३७ वर्षीय अरुण चौधरी, ४० वर्षीय अली हसन र वडा नं ५ का ३० वर्षीय तेजनारायण भगत रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीको साथबाट १७ लिटर, हसनको साथबाट पाँच लिटर र भगतको साथ दुई लिटर अवैधरूपमा पेट्रोलमा कालोबजारी गरी बेचबिखन गरिरहेको अवस्थामा बरामद गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।

यता पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय कडरबोनामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !