![पक्राउ](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/05/crime.jpg?fit=680%2C386&ssl=1)
काठमाडौँ, ५ माघ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको नेपाल प्रहरीको एक टोलीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । सो टोलीले काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकबाट रु एक हजार दरका ३१ थान नक्कली नोटसहित बाराका २७ वर्षीय अनुश थापामगर र २२ वर्षीय रवि आलेमगरलाई आज बिहान पक्राउ गरेको हो ।
महानगर।ीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले नक्कली नोट झोलामा बोेकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिँदै सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।