१५ कात्तिक, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराको आज काठमाडौंको बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । संसदसचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि महरालाई गत १९ गते प्रहरीले पक्राउ गरेको थियो ।
बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारगार चलान गर्नै अदालतले फैसला गर्नेछ ।