९ आश्विन २०८१, बुधबार

रवि लामीछानेसहित तीन जनामाथि अभियोग : ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना माग


९ भदौं, चितवन । शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सोमबार रवि लामिछाने र युवराज कँडेलको बयान लिइँदैछ । आइतबार अस्मिता कार्कीसँग अदालतले बयान लिएको थियो ।

बयान सकिएपछि सरकारी र आरोपी पक्षका वकिलले बहस गर्नेछन् । बहस आजै सकिए मात्र तीन जना आरोपी छुट्ने वा नछुट्ने टुङ्गो लाग्नेछ ।

आत्महत्या प्रकरणमा सरकारी वकिलको कार्यालयले तीनजनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेपछि तीन जना आरोपीको बयान शुरु भएको हो ।

अभियोग पत्रमा लामिछाने लगायतलाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना मात्र मागदाबी गरिएको छैन, पुडासैनी परिवारलाई प्रतिवादीका तर्फबाट क्षतिपूर्ति भराउनसमेत मागदाबी गरिएको छ ।

मुलुकी अपराध संहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !