९ आश्विन २०८१, बुधबार

रवि लामिछानेसहित ३ जनालाई आत्महत्या दुरुत्साहनको अभियोग लगाउन प्रहरीको राय, अब के होला ?


८ भदौ, चितवन । चितवन जिल्ला प्रहरी कार्यालयले रवि लामिछानेसहित ३ जनालाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोग लगाउन राय पेश गरेको छ ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा उनीहरुलाई १० दिनसम्म थुनामा राखेर अनुसन्धान गरेपछि प्रहरीले आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउन राय दिएको उक्त घटना अनुसन्धानमा जिल्ला प्रहरी कार्यालयलाई सहयोग गरेको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का डीएसपी दीपक रेग्मीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरेपछि उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्महत्यालाई दुरुत्साहन गरेको अभियोगमा मुद्दा चलाउन राय दिएको रेग्मीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !